थुनुवा भागेपछि २ प्रहरी जवान निलम्बित
काठमाडाैं | असार १७, २०८०
बर्दिया: जिल्ला प्रहरी कार्यालय बर्दियाले हिरासतबाट २ जना थुनुवा भागेपछि ३ जना प्रहरीलाई कारबाही गरेको छ।
इलाका प्रहरी कार्यालय ढोढरीको हिरासतबाट २ जना थुनुवा भागेपछि आइतबार ३ जनालाई कारबाही गरेको एसपी सुधीरराज शाहीले जानकारी दिए। शुक्रबार बिहान सवा ६ बजे ढोढरीको हिरासतबाट दुई जना थुनुवा फरार भएका थिए।
त्यस घटनामा प्रहरीको कमजोरी देखिएपछि २ जवानलाई कारबाहीस्वरूप निलम्बन गरेको उनले बताए। यस्तै ड्युटी अफिसरको रूपमा रहेका प्रहरी सहायक निरीक्षकलाई पनि निलम्बन गर्न लुम्बिनी प्रदेश प्रहरी कार्यालयमा सिफारिस गरेको उनले बताए।
‘दुई जवानलाई आजै निलम्बित गरेका छौं,’ एसपी शाहीले भने, ‘ड्युटी अफिसरलाई निलम्बन गर्न प्रदेश प्रहरी कार्यालय समक्ष सिफारिस गरेका छौं।’
प्रहरी जवानलाई जिल्ला प्रहरी कार्यालयले नै निलम्बन गर्ने अधिकार छ। असईको हकमा प्रदेश प्रहरी कार्यालयले गर्नुपर्ने भएकाले सिफारिस गरेको हो।
ज्यान मार्ने उद्योग सम्बन्धी कसूरमा असार ८ गते पक्राउ परेका मधुवन–८ का १९ वर्षीय अजय नेपाली र २० वर्षीय राजा नेपाली भागेका थिए।
एसपी शाहीले बिहीबार राति कार्यालयमा बत्ती गएपछि ड्युटीमा खटिएका प्रहरीले उनीहरूलाई उज्यालो ठाउँमा खाना खुवाउन बाहिर निकालेका थिए। हिरासत कक्ष खोलेर ती प्रहरीले चाबीको झुप्पा भने त्यहीँ भुलेका थिए।
ड्युटीमा खटिएको प्रहरीले भुलेको चाबी अजय र राजाले चोरेका थिए। शुक्रबार बिहान प्रहरीको ड्युटी परिवर्तन भएको मौका पारेर उनीहरूले चाबीले ताला खोलेर हिरासतबाट भागेका थिए।
प्रहरीले शुक्रबार बेलझुण्डी सामुदायिक वनबाट शुक्रबार मध्यान्ह १२ः५०मा अजयलाई पक्राउ गरेको थियो। यस्तै डाँडे सामुदायिक वनबाट शनिबार बिहान ८ः४० बजे राजालाई पक्राउ गरेको हो।
उनीहरू दुबै जनालाई प्रहरी कार्यालयबाट अन्दाजी ६ किलोमिटर टाढा जंगलमा फेला पारी पक्राउ गरेको थियो।
मोरङको रङ्गेली–५ बहुवनका मुकेशकुमार मण्डलले पत्नीको हत्या गरेर आफूले पनि आत्महत्या गरेका छन् । रङ्गेली नगरपालिका वडा नं. ५ बहुवनका करिब २१ वर्षीय मुकेशकुमार मण्डलले रङ्गेली–५ धनपट्टीस्थ...
निर्वाचन आयोगबाट समानुपातिक निर्वाचन प्रणालीतर्फको २ करोड ८ लाख ३० हजार मतपत्र र मतदाता शिक्षा प्रयोजनका लागि १० लाख ९८ हजार दुई सय थान नमुना मतपत्र छपाइ सम्पन्न भइसकेको आयोगले जनाएको छ । ...
काठमाडौँ: निर्वाचन आयोगले निर्वाचनलक्षित मिथ्या सूचना, भ्रामक प्रचार र घृणाजन्य अभिव्यक्तिमा निगरानी बढाएको छ । आयोगले निर्वाचनसँग सम्बन्धित त्यस्ता सूचना सङ्कलन, विश्लेषण र नियामक ...

